Khandbari - साइबर आक्रमणबाट कसरी बच्न सकिन्छ ? बुँदागत रूपमा प्रस्तुत गरिएको छ |
१) कम्प्युटरको सेक्युरिटी बढाउन आफ्नो कम्प्युटर वा ल्यापटपमा तत्काल एन्टीभाईरसको प्रयोग गर्ने वा Windows Defender को प्रयोग गर्ने वा Firewall लाई Enable गर्ने |
२) मोबाइलमा अनावश्यक एपको प्रयोग नगर्ने | PlayStore ले Verify नगरेका वा Third Party App को प्रयोग नगर्ने |
३) आफ्नो मोबाइल/ल्यापटप/कम्प्युटर मर्मत गर्न दिँदा वा कसैलाई चलाउन दिँदा विश्वास गरेर कसैलाई नदिने, दिनै परे डाटा अन्तै कपि गरेर वा पासवर्ड लगाएर मात्र दिने | डाटा ब्याक-अप नगरी मर्मत गर्न दिनु परिहाले मर्मत रहुन्जेलसम्म त्यहीँ रुँगेर बस्ने | किनकि त्यहाँ भएका तपाईँका संवेदनशील फाइल, फोटो वा भिडियोको दुरुपयोग हुनसक्छ |
४) कुनै पनि Browser मा आफ्नो सामाजिक सञ्जालको आइडी-पासवर्ड हालिसकेपछि “Remember My Password” भन्ने देखाउँछ, त्यहाँ जहिले पनि “Never" भन्नेमा क्लिक गर्ने र चलाइसकेपछि अनिवार्य रूपमा Log Out गर्ने ।
५) सामाजिक सञ्जालमा आउने विभिन्न लिङ्कहरू सही-गलत के हो यकिन गरेर मात्र क्लिक गर्ने, अनौठो वाक्य वा शङ्कास्पद लिङ्क छन् भने त्यसमा क्लिक गर्दै नगर्ने ।
६) WhatsApp, Messenger वा Email मा आउने विभिन्न प्रकारका प्रलोभन देखाउने प्रकृतिका इमेल वा लिङ्कलाई कहिल्यै विश्वास नगर्ने, त्यस्तो लिङ्क खोल्दै नखोल्ने, खोलिहाले आफ्नो सत्य तथ्य विवरण त्यस्तालाई जिन्दगीमा उपलब्ध नगराउने ।
७) आफ्नो मोबाइलको स्टोरेजमा वा म्यासेज बक्समा आफ्ना गोप्य कुराहरू (ATM को Pin, Mobile Banking को Password, Social Site का UserName/PW, Email ID र PW, गोप्य फोटो-भिडियो सेभ गरेर नरा
्ने | किनकि आजकल त्यस्ता कन्टेन्टहरू आफ्नो मोबाइलबाट कसैले थाहा नपाईकनै अरू कसैले सजिलै पढ्न, तान्न, कपि गर्न वा ह्याक गर्न सकिने एपको विकास भैसकेको छ ।
८) सामाजिक सञ्जालमा धेरै वटा आइडी छन भने त्यता Non-Used Account लाई Permanently Delete गर्ने | किनकि Hackers को निसानामा ती NonUsed अकाउन्टहरू हुने गर्छन् |
> सामाजिक सञ्जालमा अनजान व्यक्तिसँग स्पष्ट परिचय नखुलुन्जेलसम्म दोहोरो सम्बन्ध नराख्ने, Friend Request नै Accept नगर्ने | अझ आफ्नो फेसबुकमा भएका Friends लाई गोडमेल गरेर नचिनेका वा लेनादेना नभएका, पहिचान नभएका, परिचय लुकाइएका आइडीलाई Unfriend गरिदिने |
९) साथीहरूसँग अडियो वा भिडियो कलमा कुरा गर्दा भल्गरस (अश्लील) वा यौन सम्बन्धी म्यासेज नगर्ने किनकि त्यही भिडियो कल वा म्यासेज नै पछि तपाईँलाई फसाउने बलियो कारण बन्न सक्छ | कुराकानी वा च्याट गर्दा हमेसा “मेरो यो कुराकानी रेकर्ड भइरहेको छ” वा “यो च्याट स्क्रिन सट भइरहेको छ” वा “यो फोन कल रेकर्ड भइरहेको छ” भन्ने बेसबाट कुरा गर्ने |
१०) सामाजिक सञ्जालमा आफ्नो AC No, Citizenship, वा लाइसेन्सको प्रतिलिपि, आफ्नो Current Location, आफ्नो Daily Schedule जस्ता कुराहरू कहिल्यै पोस्ट नगर्ने |
११) अरू कसैको व्यक्तिगत जीवनमा दक्खल पुग्ने कुरा आफूले इन्टरनेट माध्यम द्वारा प्रेषित नगर्ने र कसैले आफ्नो बारेमा प्रेषित गरेको कारण आफूलाई कुनै अप्ठेरो परेको भान पर्ने बित्तिकै प्रहरीमा तत्काल उजुरी दिने |
जनहितका लागि जारी सन्देश | कृपया जानकारी धेरै भन्दा धेरै सेयर गर्नुहोला |
गङ्गा चौलागाईं - प्रमुख (मिसन आइटी सोलुसन, खाँदबारी)
No comments yet. Be the first to comment!