सर्वप्रथम तपाईँको चोरी तथा हराएको मोबाइलहरू नेपाल दुरसंचार प्राधिकरणको MDMS प्रणालीमा Register भएको हुनु पर्छ । MDMS मा दर्ता भएको फोन हराएको छ भने भेटिन्छ | चोरले उक्त फोनमा जुन सिम लगाएर प्रयोग गरिरहेको भए पनि पत्ता लाग्छ | 

स्टेपहरु: 

> सबैभन्दा पहिले आफ्नो कम्प्युटर, ल्यापटप वा मोबाइल लिई Google खोल्नुहोस ।

> Google मा गएर nta.gov.np टाइप गरी सर्च गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणको Site खुल्छ ।

> नेपाल दूरसञ्चार प्राधिकरणको Site खुलेपछि IMEI/Mobile Track Registration मा Click गर्ने | त्यसपछि एउटा Format आउँछ उक्त Format मा..

- चोरी तथा हराएको मोबाइलको IMEI No, मोबाइल नम्बर, मोबाइलको Brand, Model, Lost/Stolen (एउटा छान्ने, गर्ने), हराएको मिति, हराएको स्थानहरू टाइप गर्ने र Nationality मा Nepal राख्ने ।

- त्यसपछि Validate IMEI and Continue मा Click गर्ने ।

> Email Address मा Gmail id टाइप गरी Request OTP Advertisement;मा Click गरेपछि तपाईँको OTP कोड Gmail id को Inbox मा आउँछ | उक्त OTP कोड Verification Code (OTP) को खाली ठाउँमा टाइप गर्ने । Validate OTP and Continue मा Click गर्ने | 

> त्यसपछि निवेदकको नाम थर, सम्पर्क नम्बर, ठेगाना, नागरिकता वा राहदानी नम्बर, नागरिकता वा राहदानीको फोटो Upload Identify Document मा राख्ने (250 KB भन्दा मुनि हुनु पर्छ फोटो) । र Next मा Click गर्ने,

> हजुरहरूले माथि भरेको रिपोर्ट ठिक छ वा छैन एक चोटी चेक गरी ठिक छ भने Submit Form मा Click गरेपछि Lost Stolen Registration Successful हुनेछ ।

> चोरी वा हराएको मोबाइल सेटहरू रिपोर्ट गरेपछि माथि राख्नु भएको Gmail ID Check गरिरहनु होला । हजुरहरूको मोबाइल सेटमा अन्य मोबाइल नम्बरहरू प्रयोग भएमा उक्त Gmail ID मा नेपाल दूरसञ्चार प्राधिकरणबाट इमेल आए पश्चात् नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न जानुहोस् ।

 

जनहितको लागि जारी सन्देश...

मिसन आइटी सोलुसन 

(प्रकाशित मिति: २०८२|०५|१२ गते)